उत्तर कोरियाद्वारा संयुक्त कार्यालय ध्वस्त

0
Shares

सोल, (एजेन्सी) ।

उत्तर कोरियाले मंगलवार दक्षिण कोरिया नजिकको सिमा शहर काएसोंग स्थित उत्तर र दक्षिण कोरियाबिचको संयुक्त कुटनीतिक सम्पर्क कार्यालय विस्फोटक पदार्थ प्रयोग गरी ध्वस्त पारेको दक्षिण कोरियाका सरकारी अधिकारीहरुले बताएका छन् ।

सोल विरुद्ध प्योंगयांगले सैनिक कारवाही गर्ने घोषणा गरेको केह घन्टापछि यो कदम उठाइएको हो । दरई कोरियाबिच संचार सम्पर्कका लागि सन् २०१८ मा एक भव्य समारोहबिच खोलिएको यो कार्यालय भवन उत्तर कोरियाको भुमिमा पर्दछ । कोभिड १९ को लकाउनको कारण गत जनवरी देखि यो कार्यालय खाली रहेको छ ।