यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना बिमा गर्न माग

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाल यातायात मजदुर संघ रुपन्देहीले कोरोनाको महामारीमा उच्च जोखिम मोलेर अत्यावश्यक सेवा संचालन गरेका सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य रुपमा २ लाखको कोरोना विमा गरिदिन सरोकारवाला निकासंग माग गरिएको छ ।

नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नर बहादुर रजालीद्धारा जारी विज्ञप्तिमा यातायात सम्वद्ध संघ संस्था वा कम्पनीहरुले लकडाउन अवधीभरको यातायात मजदुर तथा कर्मचारीले पाउने पारिश्रमिक ततकाल उपलव्ध गराउन माग गर्नु भएकोे छ ।

त्यस्तै यातायात मजदुर तथा कर्मचारीलाई लकडाउनको नाममा अवकास दिने, वेतलवी बिदामा बस्न लगाउने, स्वयमसेवकको रुपमा काम लगाउने जस्ता काम नर्गन र गरेको भए पनि त्यस्ता कार्य ततकाल बन्द गर्न माग गरिएको छ । विज्ञप्तिमा यातायात मजदुर तथा कर्मचारीलाईहरुलाई प्रयाप्त मात्रामा गुणस्तरिय स्वास्थ्य सुरक्षा सामाग्री मास्क, सेनिटाईजर पंजा उपलव्ध गराउन पनि माग गरिएको छ ।

त्यस्तै सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीहरुको अनिवार्य रुपमा कोभिड १९ को निशुल्क परिक्षणको व्यवस्था गर्न माग गरिएको छ ।
सामान ढुवानी र एम्बुलेन्स चालकहरु अग्र पक्तिमा रहेर काम गरिरहेका र संकटको समयमा पनि जोखिमपूर्ण काम गदै आएकाहरुलाई स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु अप्रयाप्त रहेकाले ति सामाग्रीको अभाव हुन नदिन समेत माग गरिएको छ ।