दोलखा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

दोलखा सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु चीनसंगको सीमाना नजिकै रहेको बताइएको छ। उक्त भूकम्प ४ दशमलभ १ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस भन्दा अगाडी गत हप्ताको सोमबार पनि नेपालमा भूकम्प गएको थियो।