क्वारेन्टाइनमै बिहे !

0
Shares

न्युज अफ नेपाल, दाङ ।

दाङको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले गत जेठ ३२ गते क्वारेन्टााइनमै विवाह गरेका छन् ।

विवाह गर्नेमा घोराही १८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवती रहेका छन् । भारतबाट फर्किएका दुवै जनाको विगत नौ महिनादेखि नै प्रेम सम्बन्ध रहेको थियो ।

हिन्दू धर्म अनुसार सामाजिक दूरी कायम गर्दै उनीहरुको विवाह सम्पन्न गराइदिएको क्वारेन्टाइन व्यवस्थापन समितिले जनाएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १४ दिसम्म अलग बस्ने गरी घर पठाइएको छ ।