अमेरिकामा रहेका नेपालीलाई चार वटा विमानमार्फत नेपाल फर्काइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकामा रहेका नेपालीलाई चार वटा विमानमार्फत नेपाल फर्काइने भएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले जारी गरेको सूचना अनुसार असार ९ र ११ गते २–२ वटा गरी ४ वटा जहाज नेपाल आउने छन् । असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङटनबाट कतार एयरवेज र असार १३ गते सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले नेपाल उडान भर्नेछन् ।

हवाई भाडा भने यात्रु आफैंले तिर्नुपर्ने दूतावासले जनाएको छ ।