गण्डकी प्रदेशमा २ हजार ३५८ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशमा हालसम्म ८ हजार ४४३ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

जसमध्ये ५ हजार ८६२ जनामा कोरोना नेगेटिभ देखिएको छ । यस्तै, हालसम्म गण्डकी प्रदेशमा २ सय २३ जना संक्रमित फेला परेका छन् । संकलित नमूनामध्ये २ हजार ३५८ जनाको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।

प्रदेशको तथ्यांक अनुसार २० जना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन् भने हालसम्म एक जनाको निधन भएको छ ।