स्याङ्जामा थपिए ४ कोरोना संक्रमित, संक्रमित संख्या ६४ पुग्यो

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जामा ४ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका १८, ३५, ३९ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।

संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनु भयो ।

स्याङ्जामा ७ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको निधन भएको छ ।

कालिका सामुदायिक अस्पताल हेलुमा ५० जनाको र पोखरामा २ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।