गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बाग्लुङमा एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

गोरखा नगरपालिकाका २१ देखि ५३ वर्षका ७ पुरुष र एक महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुष, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।