युएईमा अलपत्र नेपालीको मंगलबार र बिहीबार हुने उद्दार उडान स्थगित

0
Shares

न्यु अफ नेपाल, काठमाडौँ ।

युएईमा अलपत्र परेका नेपालीको उद्दारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान स्थगित भएको छ ।

आबुधाबीमा रहेका नेपाली दूतावासले सोमबार एक सुचना जारी गर्दै मंगलबार र बिहीबारको उडान स्थगित भएको जनाएको हो । प्राविधिक कारणले उडान स्थगन भएको दूतावासले जनाएको छ ।

अर्को उडान कहिले हुन्छ भन्नेबारे भने सुचना दिइएको छैन ।