सुष्माको बयान : ‘नवराजको हत्यामा मेरो बुवा र दाईको समेत संलग्नता छ’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नवराज विकको हत्यामा आफ्नै बुबा र दाईको समेत संलग्नता रहेको सुष्माले बयान दिएकी छन् ।

गत जेठ १० गते रुकुम पश्चिममा पे्रमीका सुष्मा मल्ललाई लिन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो । बयानमा सुष्माले नवराजसँग सामानिक सञ्जाल फेसबुकबाट चिनजान भएको बताएकी छन् । नवराज विकले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । मैले एक्सेप्ट गरी कुराकानी र भेटघाट हुने गर्दथ्यो,’ उनले बयानमा भनेकी छन् ।

यस अघि वैशाख १७ गते राति पनि नवराज २ जना साथीसहित आफ्नो घरनजिकै आएको सुष्माले बताइन् । ‘मेरो बुवाआमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए,’ उनले बयानमा भनेकी छन्,

नवराजसँग म्यासेजमा कुरा हुने गरेको बताउदै सुष्माले भनिन्,’ मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो ।’

‘बहिनी नाता पर्ने सुस्मा मल्लसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ’, उनले भनेकी छन्, ‘बहिनीले त्यो कुरा आमालाई भनेकी रहेछ तर, आमाले मलाई पछि भनेपछि मात्र थाहा भयो ।’

‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ,’ उनले बयानमा भनेकी छन् ।