एम्बुलेन्स चालकलाई पीपीई

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन तथा श्रम विभागका संयोजक शिवप्रसाद हुमागाईले जिल्लामा संचालन भएका एम्बुलेन्सका चालकहरुलाई सुरक्षाका लागि पिपिई उपलब्ध गराउनु भएको छ ।

‘एम्बुलेन्स चालकहरुलाई उत्साह थपिराख्न र मनोबल बढाउन पिपिई सेट उपलब्ध गराएका हौं’–केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले भन्नुभयो–‘कोरोना संक्रमतिको आशंका लागेका वा भएका विरामीहरुको उद्धारका लागि सँगै रहनु पर्ने चालकहरुलाई हौसला प्रदान गर्ने उदेश्यले सम्मान सहित सामाग्री उपलब्ध गराईएको हो ।’ यस अघि हुमागाईले गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य शाखाहरुलाई पालिका मार्फत स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो भने संचारकर्मीहरुलाई ज्याकेट उपलब्ध गराईएको थियो ।

एम्बुलेस चालकहरुलाई पिपिई वितरण कार्यक्रममा आमनागरिकहरु सुरक्षित रहन र सुरक्षित बनाउन सबै क्षेत्रबाट पहल गर्नु पर्ने नेता हुमागाईले अनुरोध गर्नु भयो । जिल्लामा ३५ वटा एम्बुलेन्स संचालनमा छन् । सबै एम्बुलेन्स चालकहरुलाई पिपिईको साथमा फेस सिल्ड, पन्जा लगायतका सामाग्री उपलब्ध गराईएको थियो । सोहि कार्यक्रममा नेताहरु तिर्थ लामा, दिनेश लामा, रविन्द्र सिग्देल, समिर ब्याञ्जु, रमेश हुमागाई, जगन्नाथ अधिकारी लगायतका नेताहरु सहभागि थिए भने शिक्षक संघ, अन्य भातृ संगठनका नेताहरु सहभागि थिए ।