संविधान संशोधन विधेयक आज पारित हुँदै, सरिता गिरीको प्रस्ताव सभामुखले अस्वीकृत गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज संसदबाट भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसारको निशान छाप संशोधन गर्न गर्न सरकारकाले पेश गरेको विधियक पारित हुनेभएको छ । नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने भएको छ । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गराउनुभएको थियो ।

सभाभुख अग्नी सापकोटाका सचिवालयका एक सदस्यका अनुसार मुलुकको राष्टियता, सार्वभौमसत्ता, स्वाधीनता तथा संसद नियमावलीविपरित गिरीले प्रस्ताव राखेको भन्दै उक्त प्रस्ताव संसदको छलफलमा नलगिने संसदबाट पारित हुनेछ । नयाँ नक्सा अद्यावधिक गर्ने सरकारको विधेयकलाई सर्वसम्मत पारित गरेर राष्टियताको एकता सन्देश दिन सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ७४ मा मूल प्रस्तावको सिद्धान्तविपरित संशोधन राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सरकारले संविधानको अनुसूची ९३० मा रहेको निशान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्न संशोधन विधेयक दर्ता गरेको छ । संसद नियमावलीको नियम ७६ ले संशोधन विधेयकमाथि परेका संशोधन स्वीकृत र अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिएको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । राष्टियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकलाई सैद्धान्तिक रुपमा सबै दलले स्वीकार गरेका छन् । प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए ।