फोहोरमैला व्यवस्थापकको ‘कोरोना’ बिमा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाले फोहोर ब्यवस्थापनमा खटिएका फोहोरमैला ब्यवस्थापकहरुको विमा गरेको छ ।

‘नियमित फोहोरमैला ब्यवस्थापनमा खटिएका ब्यवस्थापकहरुलाई कोरोना भाईरसबाट बचाउन सुरक्षाका लागि पिपिई सेट उपलब्ध गराएका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘सुरक्षा अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको अवस्थामा विमा बापतको रकम उपलब्ध हुने गरी मनोबल उच्च राख्न विमा गरेका छौं ।’ नगरपालिकाले कोरोना संक्रमण देखिएमा पिसिआर परिक्षण गरेको पहिलो रिपोर्टका आधारमा विमा कम्पनी मार्फत १ लाख रुपैया दाबी भुक्तानी हुने गरी संस्थागत विमा गरिदिएको हो । दैनीक फोहोर मैला ब्यवस्थापनमा खटिनेहरुका लागि पिपिई सेट उपलब्ध गराईएको छ । सेटमा बुट देखि गगल्स चस्मा, एननाईन्टी फाईभ माक्स, ग्लोब्स उपलब्ध गराईएको छ । नगरपालिकामा रहेका फोहोरमैला ब्यवस्थापकहरुको कोरोना विमा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले नगर भित्र फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु सुरक्षाका लागि आवश्यक प्रवन्ध गरिरहेको बताउनु भयो । नगरपालिकाले आम नागरिकहरुको सुरक्षाका लागि जनचेतना मुलक कार्यक्रमका साथै उच्च सतर्ककता अपनाएको छ ।