वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको शवमा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, वीरगन्ज ।

वीरगन्जको घण्टाघर नजिकै रहेका विपी उद्यान परिसरमा बेवारिसे अवस्थामा भेटिएको एक युवकको शवमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएका मृत युवकको पहिचान भने खुलेको छैन । बेवारिसे अवस्थामा शव भेटिएपछि परीक्षणका लागि नारायणी अस्पतालमा ठठाइएको थियो । शुक्रबार राति आएको रिपोर्टमा युवकमा कोरोना पोजिटिभ देखिएको हो ।

शवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको हस्पतालले जनाएको छ ।