बाजुराको क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरे

0
Shares

न्युज अफ नेपाल, बाजुरा ।

बाजुराको बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक व्यक्लिे आत्महत्या गरेका छन् ।

बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ वर्षका पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चार वषयता भारतमा रहेका उनी दुई दिन अघि मात्र नेपाल फर्किएका थिए ।

स्थानिय क्वारेन्टिनमा बसेका उनीे घाटीमा डोरी लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् । आत्महत्याको कारण अनुसन्धनपछि मात्र थाहा हुने प्रहरीले बतायो ।