अपांगता भएका एक सय ३० परिवारलाई राहत वितरण



राम धामी, डडेल्धुरा ।

विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले अमरगढी नगरपालिकाका एक सय ३० अपाङ्गगता भएका तथा अशक्त ब्यक्तीका परिवारजनलाई राहात वितरण गरेको छ ।

अन्तराष्ट्रिय दातृ निकाय एफसीएको सहयोगमा सो संस्थाले कार्यान्वयन गरिरहेको सिमान्तकृत समुदायको शशक्तीकरण तथा जिविकोपार्जन (सिम) परियोजनाको सहयोगमा अमरगढी नगरपालिकाका ११ ओटै वडामा रहेका अपाङ्गगता भएका तथा अशक्त ब्यक्तिका परिवारजनलाई खाद्यान राहात सहयोग गरेको हो । अमरगढी नगरपालिकासँगको सहकार्यमा मंगलबारदेखि शुक्रबारसम्म नगरका ११ ओटै वडामा पुगेर अपाङ्गगता भएका र अशक्त ब्यक्तिहरुका कुल एक सय ३० घरपरिवारलाई प्रतिपरिवार तीस किलो चामल, तीन किलो दाल, दुई किलो आयोडिनयुक्त नुन, दुई लिटर खानेतेल, दुई किलो चिनी र चारओटा साबुनका दरले राहात वितरण गरिएको एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङले जानकारी दिइन ।

अमरगढी नगरपालिकाका ११ ओटै वडा कार्यालयहरुबाट प्राप्त तथ्यांकका आधारमा ७० परिवार अपाङ्गता भएका र अशक्त ब्यक्तिका घरपरिवारलाई राहात वितरण गर्ने योजना तर्जुमा गरिएकोमा उस्तै प्रकृतीका अपाङ्गगता भएका र अशक्त ब्यक्तिहरु थप देखिएकाले सबै परिवारलाई राहात वितरण गरिएको एकीकृत विकास समाज डडेल्धुराद्वारा कार्यान्वयन भईरहेको सिम परियोजनाका कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले जानकारी दिए । गन्यापधुरा गाँउपालिकामा रहेका अपाङ्गगता भएका र अशक्त ब्यक्तिहरुका सबै घरपरिवारलाई राहात वितरण गरिने एकीकृत विकास समाज डडेल्धुराले जनाएको छ ।

कोरोना महामारीको संकट शुरु हुने अबस्थामा सरकारले जारी गरेको लकडाउन अवस्था शुरु भएदेखिनै एकीकृत विकास समाज डडेल्धुराले जिल्लाका बिभिन्न स्थानमा पुगेर राहात वितरण गरिरहेको छ । मुलुकमा लकडाउन जारीभएसँगै जिल्लाका सातओटै स्थानीय तहलाई सरसफाई तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको एकीकृत विकास समाजले भारतबाट आउने ब्यक्तिहरुको संख्या बढेसँगै जिल्लाभरिका बिभिन्न स्थानमा क्वारेन्टाईन ब्यवस्थापनका लागि एकीकृत विकास समाजले सघाएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३० थान मोबाइल सेट राहात स्वरुप वितरण गरेको सो संस्थाले गन्यापधुरा गाँउपालिकामा रहेका दुई सय ५० घरधुरी दलित परिवारका साथै जिल्लाका बिभिन्न स्थानमा रहेका दुई सय ५० आदिवासी जनजाती घरधुरीलाई खाद्यान राहात वितरण गरिसकेको छ । डडेल्धुरा जिल्लामा विपद प्रतिकार्य योजना निर्माणका साथै विपदमा परेका समुदायलाई राहात सहयोग पुगाउन एकीकृत विकास समाजले महत्वपुर्ण योगदान पुगाईरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्