भोलि दोस्रो पटक संविधान संशोधन विधेयक पारित हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भोलि बस्ने संसद बैठकले दोस्रो पटक संविधान संशोधन विधेयक पारित हुने भएको छ ।

सरकारले भारतले अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक पास हुन लागेको हो । भोली बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक कार्यसूचिमा राखिएको छ । सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले गरिसकेका छन् ।

संघीय संसदका महासचिव डा। भरत गौतमका अनुसार संविधान संशोधनको प्रस्तावमाथि भोली संसदमा मतदान हुँदैछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ माथिको दफाबार छलफल सदनमा गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।