कोरोनाबाट मृत्यु भएका नेपाली युवाको भारतमै अन्त्येष्टि



घनश्याम बगाले, नवलपरासी ।

भारतमा रोजगारी गरी घर फर्कदै गरेका पश्चिम नवलपरासीका एक युवाको सिमा क्षेत्रमा कोरोना कारण मृत्यु भएको छ ।

जिल्लाको सुस्ता गाउंपालिका वडा नंं. ७ कुडिया निवासी ३५ वर्षीय युवकको भारत, मुम्वईबाट घर आउदै गर्दा सुनौली सिमा नाकामै मृत्यु भएको हो ।

बुधबार विहानसंगै आएका ३ पाल्पाली साथिहरु सहित सुनौलीमा घर फर्कन यम्बुलेन्स कुर्दै गर्दा अचानक उनलाई वान्ता भएको र त्यही उनको मृत्यु भएको बताईन्छ ।

नेपाल भारत कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रोटोकल अन्तर्गत सिमा क्षेत्रमा मृत्यु वरण गरेका ति युवाको स्वाव लिएर भारतीय पक्षले पिसीआर टेस्ट गरेको थियो ।

पिसीआर टेस्ट गर्दा मृतक नेपाली युवामा कोरोना पोजेटिभ देखिए पछि उनको शवलाई भारतमै राखिएको थियो । नेपालबाट गएका परिवारका सदस्यलाई शव देखाए पछि भारतीय पक्षले नै उनको त्यही अन्तेष्ठि गरेको हो ।

सिमा क्षेत्रमै मृत्यु भएका युवकको परिवारलाई गाउंपालिकाले तत्काल राहत स्वरुप २५ हजार रुपैयां प्रदान गर्ने शुक्रबार निर्णय भएको अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्