सांसद गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा थापा पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय थापालाई गिरीको घरको ढोकामा ढुंगामुढा गरी क्षति पुर्‍याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गिरीको घर तोडफोड गर्ने क्रममा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका उनलाई प्रहरीले पत्राउ गरेको छ ।