संक्रमित आमासँगै एक वर्षे दुधे बालक पनि आइसोलेसनमा

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

शुक्रबार पर्बतमा भेटिएका १२ जना कोरोना संक्रमित मध्ये एक जना महिला संग एक बर्षे दुधे बालक पनि साथमै रहेको पाइएको छ ।

संक्रमण पुष्टि भएकी कुस्मा नगरपालिकाकी महिला संग उनको १ बर्षे दुधे बालक पनि साथमै रहेको पाइएको हो । बालकको कोरोना परिक्षणको रिर्पोट आउन बाँकी तर उनलाई पनि आमा संगै आइसोलेसनमा पठाइएको छ ।

पर्वत जिल्ला अस्पतालले दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा एक महिला सहित पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अबस्था सामान्य रहेको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।

‘आमा बच्चा सहित सबैको स्वास्थ्य अबस्था सामान्य छ।’ उहाँले भन्नुभयो ‘सबैको स्वास्थ्यमा कुनै समस्या छैन, यद्दपी आइसोलेसनमा राखेर उपचार शुरु गरेका छौ’ भारतबाट आएर पुलिङ्ग क्वारेन्टाईनमा बसेकी कुस्मा नगरपालिका १० की ती महिला संगै ९ दिन देखि १५ महिला पनि एउटै कोठामा रहेका थिए । थ्रोड स्वाब संकलन पछि पनि ८ दिन सम्म संगै बसेका कारण नेगेटिभ रिर्पोट आएका ३६ जनालाई पनि शंकाको दृष्टिकोणले हेर्नुपर्ने अबस्था आएको छ ।

संक्रमित महिला संग १५ जना अन्य महिला पनि थिए भने अन्य संक्रमित पुरुषहरु संगै अन्य ब्यक्ति समेत रहेका थिए । नेगेटिभ रिर्पोट आएका ३६ जनालाई सम्बन्धित पालिका स्थित क्वारेन्टानमा राख्नका लागि पठाउने तयारी छ । नेगेटिभ रिर्पोट आएपनि संक्रमित संगै लामो समय बसेका कारण उनीहरुले अनिवार्य रुपमा क्वारेन्टाईनको नियम पालना गरेर बस्नुपर्ने डा। देबकोटाको भनाई छ । दुई हप्ताको क्वारेन्टाईन बसाई पछि एक हप्ता घरमा समेत क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालामा एक हप्ता अघि पठाईएको २ सय १८ जना मध्ये ४८ जनाको स्बावको रिर्पोट आज बिहान सार्वजनिक भएको थियो । कुस्मा नगरपालिकाका १० पिपलटारीका १९,२३,२८,२०, ३७ बर्षका पुरुष र २८ बर्षिया महिला छन । यस्तै कुस्मा नगरपालिका ३ कै २९ बर्षिय पुरुष, कुस्मा नगरपालिका १ का ४५ बर्षिय पुरुष तथा कुस्मा नगरपालिका १३ का बर्ष नखुलेका एक जना पुरुष रहेका छन । यस्तै पैंयु गाउँपालिका ३ का २० बर्षिय पुरुष र बिहादी गाउँपालिकाका ३ का ३२ बर्षिय र महाशिला गाउँपालिका ३ का ३२ बर्षिय पुरुष रहेका छन । उनीहरु सबै भारतबाट नेपाल आउने क्रममा सिमानाबाट उद्दार गरि कुस्मास्थित पुलिङ क्वारेन्टाईनमा राखिएका हुन ।
समाप्त जेठ ३०