नवजात शिशुको हत्या गरि फरार भएकी महिला ७ वर्षपछि पक्राउ

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कमा नबजात शिशुको हत्या गरी फरार एक महिला सात वषएपछि पक्राउ परेकि छिन् ।

कुश्मा नगरपालिका वडा नं १४ अँधेरीनेटा स्थित यमबहादुर नेपालीको श्रीमती ४७ वर्षिया अमृता भन्ने तारा नेपाली पक्राउ परेकि हुन् ।

नेपालीले अबैध गर्भ बोकी २०७० साल फागुन १२ गते नबजात शिशु स्थानीय अँधेरीनेटा नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा बिशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ३ घाचोक स्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकि हुन् ।

उनलाई प्रहरीले बिहीवार साँझ ८ बजेको समयमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या ) शिर्षकमा अनुसन्धानका लागि शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालत पर्वतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।