धादिङमा थप २८ जनामा कोरोना संक्रमण, आइसोलेसन अभाव

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

धादिङमा शुक्रबार थप २८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

पिसिआर रिर्पोट पोजेटिभ आएसंगै २८ जनालाई कोरोना संक्रमण भएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनश्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले जानकारी दिनु भयो ।

शुक्रबार कोरोना पुष्टि भएका २७ जना व्यक्तिहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर–१ मा ५ जना, वडा नम्बर–२ मा १० जना, वडा नम्बर–५ मा ३ जना, वडा नम्बर–६ मा ३ र वडा नम्बर–७ मा ६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण भएकामध्ये २ जनामहिला रहेका छन्। गाउँपालिकाको बिभिन्न क्वारेनटाईनमा रहेका ६८ जनाको परिक्षणका लागि जेठ २८ गते स्वाब संकलन गरि जनस्वास्थ्य प्रयोगशालामा पढाईएको थियो ।

यसैगरि सिद्धलेक गाँउपालिका वडा नम्बर–२ का १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै जिल्ला भर कोरोना संक्रमण हुनेको संख्या ६० जना पुगेको छ ।

ज्वालामूखी गाउँपालिकाले कुनैपनि आएसो लेशन नबनाएका कारण संक्रमितहरुलाई क्वारेनटाइनमै राखेर उपचार गरिने गाउँपालिकाले जनाएको छ। । सिद्धलेकले समेत क्वारेनटाइनमै राख्ने जनाएको छ ।

गाउँपालिकाहरुले आइसोलेशन बनाउन नसकका कारण संक्रमितहरुको क्वारेनटाइनमै राखेर उपचार गर्नु परेको हो ।