शाहीद्वारा आइसोलेसनका बिरामीलाई फलफूल वितरण



कालीबहादुर मल्ल, कालिकोट ।

कर्णाली प्रदेशकी उत्कृष्ट महिला निर्माण व्यवसायी एवम् नेपाली काँग्रेसकी नेत्री तारा शाहीले आइसोलेसनका कोरोना संक्रमित विरामीहरुलाई शुक्रबार फलफूल वितरण गर्नु भएको छ ।

कोरोना अस्पताल निर्माणको क्रममा रहेको जिल्ला सदरमुकाम मान्ममा रहेको उहाँले आफै निमार्ण गरेको चार तले एकिकृत भवनमा रहेको आइसोलेसनमा पुगेर संक्रमितहरुलाई स्याउ,अनार,आँप लगाएतका फलफूल वितरण गर्नु भएको हो । साथै उहाँले उनिहरुका लागि हात धुने साबुन समेत हस्तान्त्रण गर्नु भएको छ ।

एकजना महिला एक बालकसहित २९ जना संक्रमितहरु मध्य १९ जना जेठ १६ गतेबाट र १० जना जेठ २२ गतेबाट आइसोलेसनमा बस्दै आएका छन् ।

फलफूल हस्तान्त्रण गर्दै नेत्री शाहीले यो महामारीबाट हजारौ संक्रमित भएका छन्, कालिकोटमा रहेकाहरुलाई थोरै भएपनि राहत पुग्ने हुनाले कोशेली दिएको वातउनु भयो ।

त्यहाँ खटिएका स्वास्थ्यकर्मी मार्फत फलफूल हस्तान्त्रण गर्नेक्रममा आइसोलेसनमा रहेका संक्रमितहरुले आफूहरुले गुणस्तरिय खाना र आवशयक पानी नपाएको गुनासो भवनका झ्यालबाट राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्