बुटवलमा सुरक्षाकर्मीका बीच युवाहरुको शान्तिपूर्ण प्रदर्शन

0
Shares

यमलाल भुसाल, बुटवल ।

कोरोना माहामारीका बीचमा शुक्रवार प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले वृहत रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन संगै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी पनि प्रदर्शनी गर्ने कार्यक्रम रहेकोमा त्यसलाई रोक्न सुरक्षाकर्मीको वाक्लो उपस्थिती र घेराबन्दी गरिएको थियो ।

महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र शंकास्पद बिरामीलाई पिसीआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै सरकार विरुद्ध नारावाजी सहित शान्तिपुर्ण रुपमा प्रदर्शन गरिएको थियो । फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट ,बुटवल’ भन्ने नारासहित विरोध प्रदर्शन गरिएको थियो ।

समाजिक सञ्जाल फेसबुकमा फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट, बुटवल नामको ग्रुप बनाएर सडकमा उत्रेका हुन् ।
कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसीआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने , लगाएतका विभिन्न प्लेकार्ड सहित उनीहरुले बुटवलको ट्राफिकचोक पुष्पलाल पार्क,अस्पताल लाइन , नयाँबसपार्क जेसीसचोक लगाएतका क्षेत्रमा हजारौको संख्यामा सडकमा उत्रिएका युवा युवतीहरुले शान्ति पुर्ण रुपमा विरोध प्रदर्शन गरेका हुन ।

विरोध प्रदर्शनलार्ई अनुशासित र सभ्य भव्य बनाउन बुटवल र भैरहवामा प्रशिक्षण समेत दिईएको थियो । सामाजिक सञ्जाल फेसबुकमा ‘पिस प्रोटेस्ट अगेन्स्ट गर्भनमेण्ट स्टेट फाइभ ’ अर्थात् प्रदेश ५ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन’ नामको समूह बनाई स्वतःस्फूर्त रुपमा सहभागि हुनउक्त ग्रुपले आह्वान गरेका थिए ।

सडक भरी सुरक्षाकर्मीतैनाथ गरिएको थियो भने प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख धर्मनाथ यादव, कानुनमन्त्रालय रहेको क्षेत्रलाई पुरै सुरक्षाकर्मीको घेरावन्दीमा राखिएको थियो ।