१३ सन्तानकी आमालाई कोरोना भन्दा भोकले मर्ने डर, साहुले भैंसी लगेपछि थप समस्या 

0
Shares

दयाराम पण्डित, बाजुरा ।

बाजुराको उत्तपूूर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका एकमा बस्ने ४२ बर्षिया पुर्वा नेपालीको घरमा यतिवेला चरम खाद्य संकट भएको छ । १३ सन्तान जन्माएकी पुर्वाका हाल ७ बच्चा जिवित रहेका छन् । गरिब र दलित परिवार रहेको पुर्वालाई दैनिक खाद्यन्न जोहो गर्न निकै समस्या भएको छ । लकडाउनको बेला कतै काम नपाएपछि बिहान बेलुका छाक टार्न धौ धौ भएको छ ।

उनका श्रीमान शारिरिक रुपमा अशक्त रहेका छन् । सानो ४ महिनाको दुधे वालक काखमा रहेको छ । एकातिर धेरै बच्चा पाँउदा शारिरिक रुपमा निकै कमजोर रहेकि पुर्वाको अर्कोे त बच्चालाई दुध चुसाउनका लागि दुध समेत नआउने गरेको छ । सुत्केरी हुँदा आफ्नो दूध पटक्कै नआउने र दूध किनेर खुवाउने पैसा गरिवीका कारण नहुँनाले ५ छोरा र १ छोरीको मृत्युु भएको उनि बताँउछिन् । मागेर परिवार पाल्ने गरेकी छु, पोषिलो खानेकुरा त धेरै टाढाको रहेको उनले वताईन् ।

पुर्वाको साथमा ६ छोरी र ४ महिनाको १ छोरा छ । लकडाउँनमा काम गर्न नपाएर घरमा खाना पनि छैन । छोरा पनि बिरामी छ । उपचार गर्ने र दूध किन्ने पैसा छैन । श्रीमान शारीरिक अशक्त छन, पुर्वाले दुखेसो पोखिन् । नगरपालिका ले दिएको ६० किलो चामल सकिएको १ हप्ता भयो । अहिले छाक टार्न निकै समस्या भएको छ । उसैत दलित समुदायका मानिसको जग्गा जमिन कम छ श्रीमान पनि अशक्त भएपछि जहान परिवार पाल्न मुस्कील भयो उनले भनिन् । सम्पत्तिका नाममा खरले छाएको एक छाप्रो मात्र छ, शौचालय बनाउने ठाँउ समेत छैन ।

पिसवीन नामक गैरसरकारी संस्थाले रु ५ हजार दिएको थियो । अलिकती तिरें र अलिकति उधारो राखेर भैंसी किने । नावालक छोराको लागि किनेर ल्याएको भैंसीको मुल्य तिर्न नसक्दा साहुले पैसा पुरै नदिएको भन्दै भैंसी फिर्ता लगि दियो पुर्वालेआंसुपुछ्दै भनिन् पैसा भएपछि बच्चाका लागि दुध चाहिने थियो । खान नपाएर बच्चा पनि कुपोषित रहेको पुर्वाले वताईन् । पुर्वालाई कोरोना भाईरसको पटक्कै डर छैन । डर छ त बरु खाना नपाएर मर्नको । आँखा भरी आँसु गर्दै उनले भनिन् । यति पीडा सहेर वाँच्नु भन्दा मर्नु आन्नद छ, उनले वताईन् । कोरोनाका कारण बाजुरामा कम्तीमा २० हजार मानिस भित्रीएका छन् । हिउँदभरिको पानी र चैत्र बैशाखको असिना पानीले हिउँदेवालीमा २० प्रतिसतले ह्रास आएको छ । जसका कारण बाजुरामा खाद्यन्न संकट हुने देखिएको छ ।