थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

0
Shares

भगवती तिमल्सिना, काठमाडौ ।

कोरोना संक्रमीतको संख्या नेपालमा दिन प्रतिदिन उच्च हुँदै गएको छ । शुक्रवार ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल कोराना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

चौतर्फी रुपमा कोरोना परिक्षणलाई बढाउन माग गर्दै सडक आन्दोलन सम्म पुगिसकेको अवस्थामा नेपालले २०७६ माघ ९ गतेबाट शुरु गरेरको पिसिआर परिक्षणको दायरा सोचेजति बढाउँन सकेको छैन । नेपालमा पहिलो कोरोना संक्रमित पहिचान भएको १ सय ४० दिन अर्थात साढे ४ महिना वितिसक्दा पनि आवश्यकता अनुसारको तयारी नगरेको गुनासो सर्वत्र आईरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि परिक्षणमानै जोड दिदै विश्वलाई नै आवहान गरेको छ । तर नेपालले पिसिआर परिक्षणलाई भन्दा विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको आरडिटि परिक्षणमा नै बढी ध्यान केन्द्रीत गरिरहेको पाईन्छ । नेपालमा आज सम्मको तथ्यांक हेर्दा १ लाख २१ हजार ८ सय ६२ पिसिआर विधिबाट परिक्षण गरिएको छ भने आरडिटि विधिबाट १ लाख ८८ हजार ५९ परिक्षण गरेको छ । यो संख्या व्यक्ति नभै संक्रमितलाई पटक पटक परिक्षण गरिएको समेतको तथ्यांक हो । संक्रमित व्यक्तिलाई नेगेटिभ रिपोर्ट नआएसम्म ३ देखि ५ पटक सम्म परिक्षण गरिदै आएको छ ।

कुल संक्रमित ५ हजार ६२ मध्ये ८ सय ८७ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भैसकेको छ । नेपालमा आज संक्रमितको संख्या सबै भन्दा बढी रहेको छ । निको भएर डिस्चार्ज हुनेमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । हाल सम्म संक्रमित हुनेमा ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् । ४ हजार १ सय ६९ जना विभिन्न अस्पतालमा आईसुलेसनमा उपचार गराईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्र गौतमले मिडिया ब्रिफिङमा जानाकारी गराउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोरोना संक्रमणका क्षेत्रमा निकै जोखिममा छ । खुल्ला सिमानाका साथै भारतबाट कोरोना संक्रमण, आर्थिक, सामाजिक पिडामा रहेका नेपाली कामदारहरु दैनिक नेपाल भित्रने क्रम बढ्दो छ । कोरोना परिक्षण बढेको छैन त्यसैले संक्रमितको संख्या बढ्ने जोखिम अझ बढी छ । ८० दिन भन्दा बढी समय घरभित्रै बसेर सरकारलाई सघाउँदै आएका जनताले अब लकडाउन खुकुलो नगरे रोग, भोक र शोकले मर्ने बेला आउन धेरै समय लाग्दैन भन्दै काम गरेर खान देउँ भन्दै सडकमा उत्रिएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णयमा पुगेको छ । तर लकडाउन खुकुलो बनाउन गरिएको निर्णय व्यवहारिक नभएको र कुनै तयारी नगरि लकडाउन गर्ने र खोल्ने गर्दा थप जोखिम निम्तीन सक्छ भन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

क्वारिनटिनमा राखिएको महोत्तरीका नागरिकको २० दिन देखि परिक्षण नभएको गुनासो समेत बाहिरिएको छ । सरकारको ध्यान परिक्षण परिक्षण परिक्षण मै जानु जरुरी छ ।