एलईडी जडित मुस्कुराउने मास्क

0
Shares

सानफ्रान्सिस्को (एजेन्सी) ।

अमेरिकी गेम डिजाइनर तथा प्रोग्रामर टेलर ग्लेयले एक विशेष मास्क तयार गरेको छ । यसलाई लगाएर बोल्दा यसमा जडित एलईडी लाईट बल्ने गर्छ । यो लाइटले नै अगाडीको ब्यक्ती कहिले बोलिरहेको छ कहिले मौन छ भन्ने संकेत दिन्छ । यदि कोही यो मास्क लगाएर मुस्कुराउँछ भने पनि यसले स्माइलीको संकेत बनाउँछ । कपडाको यो मास्कमा १६ एलईडी लाइट राखिएको छ ।

मैले यसको आवश्यक भएको महसुस गरेँ र त्यहीँबाट यसरी बनाउने सोच आयो , यसलाई तयार गर्ने प्रोग्रामर टेलरले बताए । एक महिना लगातार मेहनत गरेपछि यो तयार भयो । एउटा मास्कको मुल्य करिब ५० डलर पर्न आउँछ ।

मास्कमा भ्वाइस प्यानल लगाइएको छ, जुन एलइडीसँग जोडिएको छ । यो मान्छेले बोल्दा र बोल्न रोकिँदाको स्थितिमा बल्ने र निभ्ने गर्छ । टेलरले भने, मास्क बनाउने सोच अचानक दिमागमा आएको थियो । मैले अनलाईनमा यसतो मास्क खोजेँ, तर फेला पार्न सकिन र मैले आफैले तयार गरेँ ।

यो मास्क तयार गर्न एक महिना समय लाग्यो । यो कपडाले बनेको छ, त्यसैले यसलाई धुनु पर्दा एलईडी लाइटको प्यानल निकाल्न सकिन्छ । यसमा ९ भोल्टको ब्याट्री लगाइएको छ जसले एलईडी प्यानललाई सपोर्ट गर्छ ।

तर यो मास्क धेरै लामो समय लगाइराख्नु पर्ने ठाउँमा प्रयोग गर्न नमिल्ने टेलर बताउँछन् । एलइडी लाईट जडित भएकोले केही घन्टापछि यो तातिने हुन्छ । त्यसैले बच्चाहरुका लागि पनि यो उपयुक्त नभएको उनी बताउँछन् ।