कुवेतमा रहेका नेपाली लिएर उडेको विमान काठमाडौँ आइपुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर आएको विमान काठमाण्डौँ आइपुगेको छ ।

कुवेतमा आममाफीमा सहभागी १५० जना महिलालाई लिएर आएको विमान साढे ११ बजे काठमाडौँ आइपुगेको हो । उनीहरुको स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने बताइएको छ ।

यस्तै, कुवेतबाट अर्को विमानमा पनि बिहीबारै केही नेपालीहरु आउँदैछन् । सो विमान दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने जनाइएको छ ।