काँग्रेस नेता भण्डारीलाई पितृ शोक

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभाका साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ । डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो ।

स्व.भण्डारीका मिनप्रसाद भण्डारी, डा. चन्द्र भण्डारी, देबीप्रसाद भण्डारी, स्व. फणिन्द्र भण्डारी, हरिहर भण्डारी र डा. शँकर भण्डारी गरी छ भाई छोराहरु र एक छोरी लक्ष्मी भण्डारी हुनुहुन्छ । उहांका दुई श्रीमती हुनुहुन्छ ।

हिन्दु संस्कार अनुसार गरिने काजक्रिया लगायतका अन्य कर्महरु तिलोत्तमा–२ स्थित आफ्नै निवासमा गरिने डा. चन्द्र भण्डारीले जानकारी गराउनु भयो । स्व. भण्डारीलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहांका आफन्त तथा शुभचिन्तकहरु विहानै देखि निवासमा जम्मा भएका थिए । स्व. भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम पवित्र धार्मिक स्थल रुरु क्षेत्र रिडीमा भैरहेको छ ।