ट्रक व्यवसायीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचले प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउदै ट्रक व्यवसायीका समस्या समाधानका लागि आगामी वजेटमा व्यवस्था गर्न माग गरेका छन ।

कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नु परेको समस्याका वारेमा अवर्गत गराउदै मालवहाक सवारी साधनमा गत वर्ष देखि लगाईएको मुल्य अभिबद्धिकर भ्याटको विककल्प ल्याउन मुख्य मन्त्री समक्ष माग गरिएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचका संयोजक यम प्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेश ५ का सल्लाहकार जित बहादुर भाटले सम्युक्त रुपमा मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै संघिय सरकारले आर्थिक वर्ष २०७७ । ०७८ को वजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकोले यो सम्भव नभएकोले यसलाई हटाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि वजेटमा व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिममोली सवारी संचालन गरेकाले उनिहरुको सुरक्षाको प्रबन्ध मिलाउनुका साथै कोेभिड १९ को माहामारीमा अग्रपन्तीमा खटिने सरहको बीमाको व्यवस्था मिलाउन माग गरिएको संयोजक पाण्डेले बताउनु