कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

0
Shares

न्यूज अफ नेपाल, काठमाडौ ।

अर्घाखाँचीको सन्धीखर्कमा गएराती एउटा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्मा रहेका कोरोना संक्रमित ५ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना संक्रमितलाई आइसोलेशनमा लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा रहेका पाँचैजना घाइते भएका छन् ।

संक्रमितलाई वडा नं ७ बाट वडा नं १ मा हटारीनेटाको आइसोलेशनमा लैजादै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको स्थानिय प्रहरीले जनाएको छ । अहिले घाईते सबैको इटारीनेटाको आईसोलेशनमा राखी उपचार भैरहेको जनाएको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सन्धीखर्कले जनाएको छ ।