रौतहटमा ४ हजार ६३४ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी

0
Shares

सञ्जय कार्की, रौतहट ।

रौतहटमा सोमबार तीन नगरपालिकाको क्वारेन्टाईनमा बसेका मध्ये ११ जनामा कोरोना संक्रमण रहेको भेटिएको छ ।

रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन । जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएअनुसार रोजगारी गरेर भारत बाट फर्कि आएकाहरु लाई सम्बन्धित नगरपालिकाको क्वारेन्टाईनमा राखेकाहरुमा कोरोना भाईरसको पोजेटिभ देखिएको हो । अहिले सम्म सबैभन्दा बढि राजपुर र इशनाथमा सबै भन्दा बढी कोरोना भाईरसको संक्रमित भेटिएका छन् ।

यस संगै कोरोना भाईरसको संक्रमितको संख्या ४ सय १० पुगेको छ । भारतबाट आउनेहरु रौतहटका पालिकाहरुले निर्माण गरेको ६० भन्दा बढी क्वारेन्टाईनमा ७ हजार ७ सय ७७ जना बस्दै आएका छन । कोरोना संक्रमित भई रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसन बाट १८ जना निको भएर घर फर्किसकेको जनाइएको छ् । रौतहटमा संकलन गरिएकामध्ये ४ हजार ६ सय ३४ को परिक्षण रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १ हजार ८ सय ४९ को रिपोर्ट भने नेगेटिभ रहेको छ ।