बयलपाटा अस्पतालले नै सिद्धार्थलाई शरिरमा आगो लगाउन बाध्य पारेको खुलासा (प्रमाणसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणले विकराल रुप लिँदै गएको अवस्थामा अस्पतालको सामान्य कर्मचारीका रुपमा काम गर्दै आएका साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीको चुल्लो बल्ने र परिवार पाल्ने आधार खोसिएपछि उनले विकल्पमा केही देखेनन र अन्तत आफ्नै शरिर दहन गर्ने निर्णयमा पुगे ।

गरिबीको चपेटामा परेका सिद्धार्थ केही दिनअघिसम्म अछामस्थित बयालपाटा अस्पतालमा ज्यान दाउमै राखेर कोरोनाको समेत पर्वाह नगरि अरु कर्मचारी विदामा बस्दा समेत अस्पतालको सरसफाईमा जुटेकै थिए । उनी र उनको परिवारको जिविकोपार्जनको मूल आधार अस्पतालको भूईपुछेर आउने पारिश्रमिक मात्र थियो ।

नेपाल सरकारले कोरोना सक्रमणका कारण देश नै आर्थिक मन्दीमा गएको बेला कर्मचारीहरुलाई ननिकाल्न परिपत्र गरिरहेकै बेला सरकार र स्थानिय निकाय नगरपालिकाको समेत सुझावलाई व्यवास्त गर्दै जेठ १२ गते अस्पतालले खर्च थेग्न नसक्ने भन्दै सिद्धार्थका साथ ३३ जना कर्मचारीलाई जागिरबाट हटाएको निर्णय सुनायो ।

यतिबेला न उनले अन्त कतै काम खोज्न सक्थे न घर नै चलाउन । श्रीमती र बालबच्चाको अगाडि उनले कुनै स्रोत खोज्न र चुलो बाल्न नसकेपछि पुनः अस्पताल संचालक समक्ष आफ्नो अवस्था नदर्साएका होइनन् । सुनुवाई कतैबाट भएन । उनलाई १७ दिन देखि जागिरबाट हटाईएको कारण घर नचलेको चिन्ताले सताईरहेको साथीहरुसँग बताउँदै आएका र निकै तनावको अवस्थामा देखिएको उनका सहकर्मीहरुले बताएका छन् ।

घटना हुनु अुघि अस्पतालबाट हटाईएका ३३ सै जनाले थमौतिका लागि सबै निकायमा गुहार लगाएकै हुन् । साँफेबगर नगरपालिकाले पनि उनीहरूमाथि साँच्चै अन्याय भएको भन्दै अस्पताललाई थमौति गर्न आग्रह गरेकै हो तर अस्पताल प्रसाशनबाट सुनुवाईनै भएन ।
नगरपालिकाले २०७७ जेठ १४ गतेनै कर्मचारीहरु हटाईएको बिषयलाई लिई अस्पताललाई कर्मचारी नहटाउन विज्ञप्तीनै निकालेर आग्रह गर्नुका साथै आर्थिक सहयोग जुटाउँने प्रतिबद्धता समेत गरेको भएपनि अस्पतालले एकलौटी ढंगबाट निर्णय गर्नुले सिद्धार्थको यो अवस्था भएको प्रष्ट हुन्छ । यतिबेला नेपालका सिद्धार्थ एक प्रतिनिधि पात्र मात्र हुन अस्पताल, उद्योग कल कारखाना, संघ, संस्थाहरुमा हिजो सम्म आफ्नो ज्यानको पर्वाह नगरि अफि भनेर घरपरिवारको समेत ख्याल नगरि काम गर्ने कर्मचारीलाई क्षणिक सोचमा हटाउँनु निन्दनीय कार्य भएको साँफेबगर नगर पालिकाका नगरप्रमुख कुल बहादुर कुँवरले जारी गरेको विज्ञप्तीले प्रष्ट पार्छ ।

सिदार्थको पुरै शरिर जलेर गम्भिर घाईते भएका छन् । सरकारले अब कुनै पनि सिद्धार्थले रोजगारी गुमाउनु नपर्ने बिषयमा सोच्ने बेला आईसकेको छ । ७७ दिन सम्म सरकारले गरेको लकडाउनमा साथ दिने नेपाली जनताले भोली पनि साथ दिन सक्ने वातावरण बनाउन तर्फ सरकारको ध्यान पुगोस् ।