सिरहामा २ थान बन्दुकसहित दुई पक्राउ

0
Shares

सुभेन्द्र दास, लहान ।

सिरहामा विशेष सूचनाको आधारमा प्रहरीले २ थान बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतवार गोलबजार नगरपालिका वडा नं. ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ए गापा ३ तेतरिया बस्ने वर्ष ६९ को कुल बहादुर पुर्वछाने र वर्ष ६२ को तिलक बहादुर थापाका साथबाट लोड भएको ‍भरुवा बन्दुक २ थान र छर्रा, बारुद सहित पक्राउ गरेको छ ।

घटानको बारेमा विशेष अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।