प्यूठानमा थपिए ८ जना कोरोना संक्रमित, सबै भारतबाट आएका

14
Shares

सलिम अन्सारी, प्यूठान ।

प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानवाट स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनामध्ये आज सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले बताए।

उनका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन । प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ बर्षिय बालिका र अन्य १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष छन।

उनिहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।यसअघि जिल्लाको सरुमारानीमा भेटिएका १ जना र प्युठान नगरपालिका भित्रका यी ८ जना संक्रमित गढवा गाउँपालिका दाङमा पोजेटिभ सङ्क्रमण पुस्ट्री भई कन्ट्र्याक ट्रेसिङमा परेका हुन।

उनिहरुको अबस्था सामान्य छ। अहिले उनिहरु स्वास्थ्यकर्मिको निगरानिमा छन।यस अघि माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।प्यूठानमा कोरोना संक्रमितको संख्या जम्माजम्मी १२ पुगेको छ ।