एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि व्यवस्थापनमा समस्या

0
Shares

सीताराम अधिकारी, धादिङ ।

धादिङका आज मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुको व्यवस्थापनमा समस्या आएको छ ।

सोमबार एकै दिन पिसिआर रिर्पोट पोजेटिभ आएपछि १६ जनालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो । यो संगै जिल्लाभर कोरोना संक्रमण हुनेको संख्या २२ जना पुगेको छ ।

आज संक्रमण पुष्टि भएकाहरु निलकण्ठ नगरपालिकाले निमार्ण गरेका क्वारेनटाईनमा बस्दै आएकाहरु हुन् । भारतमा काम गरेर बन्दाबन्दी पछि घर आएकाहरु रहेको र उनिहरुको स्वाब पिसिआर परिक्षणका लागि पठाइएको थियो ।

धादिङ अस्पताल धादिङ कोारोना उपचार अस्पतालको रुपमा सूचिकृत गरिएपनि आवस्यक सामाग्री र स्वास्थ्य कर्मी अभाव भएको बताइएको बेला ठूलो स.ख्यामा कोरोना पुष्टी भएको हो ।

यसरी कोरोना संक्रमण भएकाहरुको व्यवस्थापन र उपचार प्रकृया कसरी गर्ने भन्ने विषयमा संकट व्यवस्थापन केन्द्रको वैठक राखिएको छ भने नीलकण्ठ नगरपालिकाले समेत कसरी यसको व्यवस्थापन गर्ने भन्ने निर्णय गरि सकेको छैन । सोमबार बेलुकासम्म कोरोना संक्रमितहरु नीलकण्ठ माविको क्वरेनटाइनमै रहेका छन्।