मेलम्ची खानेपानीको उद्घाटन छिट्टै गर्छौं : मन्त्री मगर

0
Shares

न्युज अफ नेपाल, काठमाडौंं ।

बुहप्रतिक्षित काठमाडौंवासी प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजना यसै बर्ष पूरा हुने भएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने बताउनुभएको छ ।

संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री मगरले त्यसको तयारीमा सरकार लागेको बताउनुभो। दुई दशकदेखि सधैं उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो । यसको भौतिक काम आगामी आर्थिक वर्षभित्र सकिनेछ, वितरणको काम व्यवस्थित ढंगले अघि बढाइनेछ । मेलम्ची खानेपानीका विषयमा उठ्ने गरेका प्रश्नहरुको बीट मार्ने बेला आएको छ, उहाँले भन्नुभयो ।

मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउदै बरु सरकारले तत्काल र दिर्घकालिन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताउनुभयो ।