अछामको बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले आफ्नै जिउमा आगो लगाए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अछामको बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

जागिरबाट निकालीएपछि साँफेबगर नगरपालिका ६ भागेश्वरका २७ वर्षका सिद्धार्थ आउजीले सोमबार अस्पताल परीशरमै आफ्नो जिउमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आउजी अस्पतालमा सरसफाइ कर्मचारी थिए ।

कर्मचारीलाई तलब दिन नसक्ने अवस्था रहेको जनाउदै अपतालले आउजीसहित ३२ जना कर्मचारीलाई जागिरबाट हटाएको थियो ।गम्भीर अवस्थामा रहेका आउजीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।