चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्यूज अफ नेपाल, काठमाडौं

नेपालमा परीक्षण नै नगरेका कारण कोरोना संक्रमित नदेखिएको हो भन्ने कुरा पछिल्लो समयको परिणामले प्रमाणित गरेसँगै चितवनमा २ जना चिकित्सक सहित २० जनामा कोरोना भाइरसको संक्रमण प्रमाणित भएकोछ ।

संक्रमण प्रमाणित भएका चिकित्सक भरतपुर अस्पतालमा कार्यरत एक जना नारायणी सामुदायिक अस्पतालमा कार्यरत र अर्का एक जना भने काठमाडौंका चिकित्सक रहेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी गराउनुभएको छ ।
चितवनमा संक्रमण देखिएका एक जना चिकित्सक काठमाडौं इचङ्गुनारायणका भएको र अर्का एक जना चितवनको नारायणी सामुदायिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष अधिकारीले दुई चिकित्सक सहित २० जनाको रिपोर्ट केही समयपछि सार्वजनिक हुने जानकारी गराउनुभयो ।