कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कर्णालीका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना गरी १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।यससँगै, कर्णालीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ ।