लकडाउनका बाबजुद उपत्यकामा मानिसको चहलपहल बढ्दै (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण फैलिने डरले सिंगो देश लकडाउनमा रहेको आज ७७ ‍औं दिनमा उपत्यकाभित्रका सडक तथा बजार भने मानिसले भरीभराउ देखिन्छन् ।

लकडाउनको समय बढ्दै गएसँगै विभिन्न स्थानमा मानिसको उपस्थिति पनि बाक्लिदै गएको छ । सरकारी तथा निजी कार्यालयहरू खुल्ने समयमा त झन सडकमा निजी सवारीको लर्को नै लाग्न थालेको छ । अत्यावश्यक सामाग्रीका पसल सँगसँगै मोबाइल पसल, कस्मेटिक पसल आदि समेत खुल्ला राख्न थालिएको छ । काठमाडौँको बल्खु तरकारी बजारमा पनि मानिसको भीड हुने गरेको छ ।

यस्तै, उपत्यकाको अस्तव्यस्त रहने बजार असनमा पनि मानिसको चहलपहल सुरु भइसकेको छ । मानिसहरुको यस्तो लापर्वाहीले कोरोना संक्रमणको संख्या ह्वात्तै नबढ्ला भन्न सकिदैन ।

तस्वीर : उजोल डंगोल