कोरोना परीक्षण गर्ने किट नै भाइरस नियन्त्रणमा बाधक

0
Shares

लन्डन (एजेन्सी) ।

कोरोना भाइरस संक्रमणका कारण लागु लकडाउन थेग्न कठिन भएपछि खुला गर्ने विषयमा बहस चलिरहेको छ । यसबीच एक अध्ययनले भाइरस परीक्षणमा प्रयोग हुने किट नै यसमा ठूलो बाधक बनेको दावी गरेको छ । वैज्ञानिकहरुले कोविड १९ परीक्षण किटबाट हुने जाँचको गलत रिपोर्ट आउने गरेकोमा पनि धेरै ध्यान दिनुपर्ने बताए, किनभने यो महामारी नियन्त्रणमा महत्वपुर्ण छ । उनले सरकारी एजेन्सीहरुलाई जाँचको दक्षता सम्बन्धी किट निर्माताहरुलाईजानकारी गराउन भनेको छ ।

अमेरिकाको डाटमाउथ स्थित द जिसेल स्कुल अफ मेडिसिनका सोधकर्ताहरुले ठूलो संख्यामा जाँचको कमी अर्थब्यवस्था पुन खोल्नमा ठूलो रुकावट भएको बताए । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेख सामाग्रीमा वैज्ञानिकहरुले जाँचका दायरा बढेको छ तर नतिजा सटिक नहुनु अहिले पनि चिन्ताको विषय भएको जनाएको छ । उक्त शोधपत्रका प्रमुख लेखक स्टिवन वालोसिनले भने ( संक्रमण पत्ता लगाउन हुने जाँचमा घाँटी र नाकबाट लिएको नमुना प्रयोग हुन्छ र यो दुई तरिका गलत हुन सक्छ ।

गलत नमुनाले संक्रमित भएको सुचीमा पर्नुले ब्यक्तीले अनावश्यक रुपमा आइसोलेसनमा बस्नु पर्ने हुन्छ । यसले उसँग सम्पर्कमा आएका ब्यक्तीहरुको पहिचानमा असर पर्न सक्छ । वैज्ञानिकहरुका अनुसार विद्यमान जाँच किटको सटिक नतिजा आउने दरमा पर्याप्त कमी आएको छ । यी किटको संवेदनशिलता ७० प्रतिशत सम्म हुनसक्ने उनले बताए ।

संवेदनशिलताका आधार र जाँच अघि ५० प्रतिशत सटिक नतिजा आउने र त्यसको सम्भावानाका आधारमा २३ प्रतिशत मामिलामा संक्रमण थाहा पाउन नसक्ने आसंका रहने शोधपत्रमा उल्लेख छ । गलतीले नेगेटिव नतिजा आएमा त्यसको नकारात्मक असर धेरै हुन्छ । किनभने बिना लक्षणको ब्यक्तीलाई आइसोलेसनमा राखिँदैन र उसले अन्य ब्यक्तीलाई संक्रमित गरिरहेको हुन्छ ।