फ्लोयड हत्या प्रकरणले ह्वाइट हाउस र पेन्टागनबीच तनाव

0
Shares

वासिंगटन (एजेन्सी) ।

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि शुरु भएको प्रदर्शन रोकिने कुनै संकेत देखिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरुमाथि सैन्य कारवाही गर्ने धम्की दिएका थिए । यसलाई लिएर ह्वाइट हाउस र रक्षा विभाग पेन्टागनबीच मनमुताव बढेको छ ।

ट्रम्पको उक्त बयान विरुद्ध पेन्टागनका सल्लाहकार जेम्स जुनियर मिलरले राजिनामा दिएको छ । रक्षा मन्त्री मार्क एस्पर पनि ट्रम्पको विरोधमा उभेको देखिएका छन् ।

हालै मात्र ह्वाइट हाउस बाहिर शान्तिपुर्ण प्रदर्शन गरिरहेकाहरुमाथि रबरको गोली तथा अश्रु ग्यास प्रहार गरिएको थियो । कारवाहीको उद्देस्य ह्वाइट हाउस अगाडी प्रदर्शनकारी हटाउनु थियो । त्यसको केही समयपछि ट्रम्प चर्चमा गएर फोटो खिचाएका थिए । यस घटनालाई लिएर दुखी मिलरले राजिनामा दिँदै एक पत्रमा ट्रम्प र एस्परको विरोध गरेका थिए । त्यसपछि पेन्टागन र ह्वाइट हाउसबीच मनमुताव झन गहिरिएको हो ।

यस घटनापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर पनि ट्रम्पको विरोधमा आएका थिए । उनले पेन्टागनमा पत्रकारसँगको वार्तामा प्रदर्शनकारी विरुद्ध विद्रोह कानुन लागु गर्न असहमति जनाए । यो कानुन लागु भएपछि ट्रम्प प्रदर्शनकारीलाई दमन गर्न सेनाको प्रयोग गर्न सक्ने छ ।

आफनै नागरिक विरुद्ध सेनाको प्रयोग गर्ने ट्रम्पको धम्कीले बहस छेडेको छ । नागरिकमा राष्ट्रपतिको यो दृष्टिकोणलाई लिएर असन्तोष फैलिएको छ । सेनालाई बलियो बनाउनमा देशवासीहरुको ठुलो योगदान रहेको आलोचकहरुले बताएका छन् । जनताको सेना प्रति आस्था छ । त्यसैले यसको राजनितिक प्रयोग चिन्ताको कुरा हो ।

यसबीच सैनिक अधिकृतहरुले सैनिकलाई अत्यन्तै खराब स्थितिमा कानुन लागु गराउनमा मात्र प्रयोगमा ल्याउनु पर्ने बताएका छन् । हालै अवकास पाएका चार तारे जनरल विन्सेन्ट ब्रुक्सले ट्रम्पको धम्कीले नागरिकमा सेनामाथिको विश्वास समाप्त हुने बताए ।