जसपा निर्वाचन आयोगमा दर्ता : अन्तिम समयमा बाबुरामको नाम नै गायब

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वरियता विवादमा दर्ता प्रक्रिया लम्बिदै आएको जनता समाजवादीको विवाद मिलेसँगै निर्वाचन आयोगमा दर्ता भएको छ । जसपाको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहनुभएको छ ।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उहाँको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।