थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन् ।

हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको देवकोटाले बताए । यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ ४८ पुगेको छ । जसमा ३ हजार २१२ जना पुरुष र २३६ जना महिला रहेका छन् । यस्तै, ४६७ संक्रमित उपचारपछि घर फर्किएका छन् ।