कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, सुर्खेत ।

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३र३ जना गरी ५४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १, ३, ४, ५, ६ र ७ का २५ जना पुरुष र एकजना महिला, कुमाख गाउँपालिका ३ का २ जना पुरुष, सुर्खेतको बराहाताल गाउँपालिका वडा न. १ र २ का दुई पुरुष, भेरीगंगा नगरपालिका वडा न. २ का दुईजना पुरुष, वीरेन्द्रनगर नगरपालिका २ का दुईजना पुरुष, चौकुने गाउँपालिका वडा न. ७ र ८ का दुईजना पुरुष, लेकबेसी नगरपालिका वडा न. १, ३, ४ र ९ का ६ जना पुरुष, पञ्चपुरी नगरपालिका वडा न ३ र ९ का पाँचजना पुरुष र एकजना तीन वर्षीया बालिका रहेका छन् ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।