सडकछेउमा राखिएको बम बिस्फोट हुँदा दुई सुरक्षाकर्मीको मृत्यु

0
Shares

काबुल ।

पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ ।

पाकिस्तान–अफगानिस्तानको यो सीमाक्षेत्र मुलुकमै सबैभन्दा डरलाग्दो मानिन्छ । गत मे महिनामा पनि तालिबान समूहको आक्रमणमा यहाँ १४ जना अफगान सैनिकको ज्यान गएको थियो ।

स्रोतका अनुसार बिस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ ।