चीनमा एन्टिबडी क्लिनिकल परीक्षणका लागि तयार

0
Shares

वेइजिंग (एजेन्सी) । 

चाइना एकेडमी अफ साइन्सेजको इन्स्टिच्युट अफ माइक्रोबायोलजीले कोरोना भाइरसको उपचारका लागि मोनोक्लोनल एन्टिबडीको क्लिनिकल ट्रायलका लागि तयार भएको घोषणा गरेको छ । यसको प्रयोगका लािग नेसनल मेडिकल प्रोडक्टस प्रशासनले पनि अनुमति दिएको छ ।

चीनको कोविड १९ को एन्टिवडी औषधी क्लिनिकल आंकलनको चरणमा पुगिसकेको छ । पहिलो चरणको क्लिनिकल ट्रायलमा स्वस्थ ब्यक्तीहरुमा एन्टिबडीको सुरक्षा र डोजका लागि परिक्षण गरिनेछ । स्वस्थ्य ब्यक्तीहरुमा मोनोक्लोनल एन्टिवडी उपचार पहिलो पटक हुन लागेको हो ।

कोरोना भाइरसको उपचारको खोजमा यो एक ठुलो कदम भएको वेइजिंगका एक इम्युनोलजिस्टलाई उदृत गर्दै चीनको ग्लोबल टाइम्सले जनाएको छ । उनका अनुसार मोनोक्लोनल एन्टिबडी इन्फेक्सियस रोगको उपचारका लागि अत्यन्त कम प्रयोग हुन्छ । कयौं देशका अनुसन्धान टोली मोनोक्लोनल एन्टिबडीलाई कोरोना भाइरसको उपचारका लागि काम गरिरहेका छन् तर केही स्तरको परीक्षण मै सीमित छन् ।

मोनोक्लोनल एन्टिबडीको आकार फरक हुन्छ र यो टोलीले जुन एन्टिबडी बनाएको हो त्यसको बौद्धिक सम्पती अधिकार चीनसँग रहेको विज्ञहरु बताउँछन् । यसअघि नेचर अखबारले चीनका विज्ञहरुको टोलीको उक्त शोध छापेका थिए । एन्टिवडीले भविष्यमा धेरै आशा जगाएको इन्स्टिच्युटले जनाएको छ । यद्यपी परीक्षणलाई लिएर उपचारका रुपमा प्रयोग हुन अझै लामो मार्ग तय गर्न बाँकी छ , त्यसपछि मात्र विश्वभरी यो कोरोना विरुद्ध प्रयोग गर्न सकिनेछ ।

यसबीच अमेरिकाका वैज्ञानिकहरुले पनि कोविड १९ बाट ठीक भएका एक विरामीको रगतको नमुनाबाट तयार गरेको औषधी मानवमा परीक्षण शुरु गरेको छ ।