कर्फ्यु तोड्ने ६ खेलाडीलाई ६ महिना प्रतिबन्ध

0
Shares

सांघाइ, एजेन्सी ।

कोरोना भाइरस न्युनिकरणका लागि लगाएको कर्फ्यु तोड्दै मध्यरातमा मदिरा सेवन गर्ने चीनको अन्डर १९ राष्ट्रिय टोलीका ६ खेलाडीहरुलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धसँगै ६ जना खेलाडीहरुले नोभम्बर ३० सम्म चिनियाँ टोलीका लागि खेल्न पाउने छैनन् । उनीहरुलाई अब आ–आफ्नो क्लबले पनि कारवाही गर्नेछ । सांघाइमा मे १७ देखि शुरु भएको ३५ सदस्यीय अण्डर १९ प्रशिक्षण शिविर शनिबार समाप्त भएको थियो । उनीहरुले उक्त निर्णयबिरुद्ध अपिल गर्न पाउने वा नपाउने भने केही स्पष्ट गरिएको छैन ।चीन खेलकुदमा सबैभन्दा कडा नियम अवलम्बन गर्ने राष्ट्रहरु मध्येमा पर्दछ ।

आसन्न ओलम्पिकको तयारीका लागि अन्डर १९ टोलीले अगामी सिजनमा चिनियाँ तेस्रो डिभिजनको फुटबल लिग खेल्ने तयारीमा रहेको छ ।