कोरोना संक्रमणले पुरुषको अन्डकोषमा खतरा पुर्‍याउने वैज्ञानिकको दावी

0
Shares

वेइजिंग (एजेन्सी) ।

कोरोना भाइरसको प्रभाव अझै जान्न बाँकी छ । पछिल्लो एक अनुसन्धानले कोरोना भाइरस संक्रमणले पुरुषको प्रजनन क्षमता प्रभावित भइरहेको चीनका वैज्ञानिकहरुले दावी गरेका छन् । भाइरसले पुरुषको अन्डकोषमा नोक्सान पुर्याउन सक्ने उनीहरुले बताएका छन् । यसले त्यहाँ बन्ने सुक्रकितको गुणस्तरमा असर पर्न सक्नेछ ।

चीनको टफ्टस युनिभर्सिटी र गोंगइ मेडिकल कलेजका शोधकर्ताहरुले पुरुषको अन्डोकाषमा भाइरसको प्रमाण फेला पारेका छन् । कोरोना भाइरसबाट संक्रमितहरुको अन्डकोषमा सुक्रकित उत्पन्न गर्ने कोशिकाहरुमा परिवर्तन देखिएको छ । जसले सुक्रकितको गुणस्तर खराब हुने आसंका छ ।

कोरोना संक्रमणका कारण शरीरमा सेमिनिफेरसलाई पनि नोक्सान पुग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसले पुरुषमा सुक्रकितको कमी हुन सक्छ । स्थिति गम्भिर हुनुले यसको मानव सरीरमा उत्पादन पनि बन्द हुन सक्ने उनीहरुले दावी गरेका छन् ।

कोरोना भाइरस मुख्य रुपमा खोकी, हाछ्युँ वा वोल्दा हावामा ससाना थुकका थोपाका माध्यमबाट फैलिन्छ । वैज्ञानिकहरु यौन सम्पर्कबाट कोरोना संक्रमण फैलिन सक्छ वा सक्दैन भन्ने पत्ता लगाउने प्रयासमा छन् । अहलिेसम्म अध्ययनमा सुक्रकित वा यौनीरसमा भाइरस भेटिएको छैन । यद्यपी पुरुषको अन्डकोषका केही कोशिकामा एसीई २ रिसेप्टर्स हुन्छ जसले कोरोना भाइरसलाई फोक्सोका कोशहरुमा हमला गर्नमा सहयोग गर्छ ।

केही अनुसन्धानले कोरोना भाइरस पुरुषको अन्डकोषलाई आफनो अखडा बनाउन सक्ने दावी गरेको छ । त्यसैले अहिले समयमा स्पर्म डोनेट नगर्न सुझाव दिइएको छ । शोधकर्ताहरुले १२ पुरुषको कोरोना भाइरसको संक्रमणका कारण निस्क्रिय भएको अन्डकोषको कोषको बायोप्सी गरेका थिए । जसको आधारमा उनीहरुले यो तथ्यको दावी गरेका हुन् ।